राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् । सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो । कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।