काठमाडौं । निर्वाचन आयोगले बिहीबार हुन लागेको बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचन लागि मौन अवधि सुरु भइसकेपछि पनि आचारसंहिता विपरीत विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
आजैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापाको पक्षमा मत माग्दै अपील जारी गरेपछि आयोगले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगले उल्लेख गरेको छ ।


प्रतिक्रिया