काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४ः ४५ बजे निधन भएको हो ।
लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आजै दाहसंस्कार गरिने छ।

प्रतिक्रिया