घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिँदैनः नारायणकाजी


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेको केपी ओली पक्ष र माधव नेपाल पक्ष मिलेकोमा बधाई तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत श्रेष्ठले बधाई दिएका हुन् ।

उनले हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले अब प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु नहुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अब प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ । बैचारिक छिपछिपेपन , बिधिपद्दतिको अवज्ञा, व्यक्तिवाद, संकीर्णता, अनेकता ,गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ । त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।’

विचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुण चरित्र होइन भन्दै उनले घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने बताएका छन् । उनले तत्कालै सिङ्गो पाटी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुट्नुपर्ने बताएका छन् ।