पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केपछि कोभिड–१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले जानकारी दिएका छन् ।

पाठकले सामाजिक संजालमार्फत भनेका छन् ‘ पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोबिड पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मल निवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ ।’ पूर्वराजदम्पतीलाई संक्रमण पुष्टि भएपछि यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।