एमसीसीको विरोधमा २२ राजनीतिक दलको प्रदर्शन(फोटोफिचर)


काठमाडौं । विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।