सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध चयन


काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् । जनकपुरधाममा भएको पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको हो ।

अध्यक्षमा डा. राउतको मात्रै उम्मेदवारी परेको उनी निर्विरोध निर्वाचित भएका थिए । अन्य पदका लागि भने मतदान भएको थियो । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपक कुमार साह र नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् । महासचिवमा चन्दन कुमार सिंह चयन भएका छन् । निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए ।