काठमाडौं । मन्त्रिपरिषदको चैत २० र २३ गतेको बैठकले विभिन्न निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले राष्ट्रपति चुरे संरक्षण आयोजनामा पर्वत फलेबासका डा.किरण पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाईका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय गरेको छ ।



प्रतिक्रिया