कोरोना संक्रमणले सरकार र जनता छुट्याउँछ र ?


काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार आफैं भिडभाड गर्ने अनि जनतालाई भने उपदेश दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकार आफैंले स्वास्थ्य मापदण्डको पालना नगरेको बताएका हुन् ।

कोरोना संक्रमणले सरकार र जनता नछुट्याउने भन्दै थापाले सरकारले आफैंले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेर जनतालाई नियन्त्रण गरिरहेको बताए ।

उनले भने, ‘सरकारले भन्यो होली नखेल, भिडभाड हुन्छ कोरोना सर्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँ मानिसलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न हेर्न मिल्ने, होली खेल्न नमिल्ने ? सरकार जनतालाई भन्छ अनावश्यक सभा, सम्मेलन भिडभाड नगर तर सम्माननीय राष्ट्रिपतिबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भरहेको छ ।’