‘अहिले पनि विश्वासको मत लिन नसकी भगुवा हुन मिल्ला र ?’


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेकपाले संसदमा झण्डै दुई तिहाई हुँदा पनि प्रधानमन्त्री झगडामै पाँच वर्ष सरकार चलाउने अवसर गुमाएको बताएका छन् ।ट्वीट गर्दै ढुंगानाले कम्युनिष्ट पार्टीले लोकतान्त्रिक सरकार चलाउन नजानेको भनेर मात्र पुग्ला र ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘नेकपाले संसदमा झण्डै दुई तिहाई हुँदा पनि प्रधानमन्त्री झगडामै पाँच वर्ष सरकार चलाउने अवसर गुमायो। यसलाई कसरी व्याख्या गर्ने? कम्युनिष्ट पार्टीले लोकतान्त्रिक सरकार चलाउन नजानेको भनेर मात्र पुग्ला र? अहिले पनि विश्वासको मत लिन नसकी भगुवा हुन मिल्ला र?’