‘केपी ओली महोदय, यो हो अहिलेको समयमा प्रतिगमनको परिभाषा’


काठमाडौं । संसद विघटनलाई सत्तामा जान नपाएकाहरुले प्रतिगमन भनेको भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जवाफ दिएका छन् । शनिबार ट्वीटमार्फत भट्टराईले प्रतिगमनको परिभाषा दिएका हुन् ।

उनले संसद विघटन, पुनःस्थापित संसद चल्न नदिनु, संवैधानिक अंग कब्जा गर्नु, भ्रष्टाचारको पहाड बनाउनु प्रतिगमन भएको बताएका हुन् । उनले लेखेका छन्, ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो २ @kpsharmaoli महोदयः १.संसद विघटन गर्नु, पुनःस्थापित संसद चल्न नदिनु; २. संवैधानिक अंग कब्जा गर्नु; राज्यका सबै अंग सेटिङमा चलाउनु; ३. संघीयता अपांग बनाउनु;४.टिआरसी,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु; ५.भ्रष्टाचारको पहाड बनाउनु; ६.अर्थतन्त्र शुन्य! इ !’