के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ?


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई प्रतिगमनकारी ओली सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

बिहीबार ट्वीट गर्दै भट्टराईले के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? भन्दै प्रश्न गरेका छन् । उनले जसपाले ओलीतन्त्रको घाँस नखाने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पञ्चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया!’