माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए । त्यसयता सत्ता समीकरणकाबारेमा अध्यक्ष प्रचण्डले अन्य दलसँगको छलफललाई तीब्र बनाएका छन् ।

अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग यसबारेमा छलफल गरेका छन् । फागुन २३ मा सर्वोच्च अदालतले गरेको नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छैन ।