हेक्का होस्–पृथ्वी गोलो छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई कारबाही गरेपछि नेपाल पक्ष आक्रोशित बनेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले सोमबार वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल पक्ष ओक्रोशित बनेको हो ।

नेपाल पक्षका नेताहरुले ओलीको कदमलाई कमजोरहरुको अन्तिम अस्त्रको संज्ञा दिएका छन् । एमाले नेतृ रामकुमारी झाँक्रीले भनेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो–जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्–पृथ्वी गोलो छ ।’

त्यस्तै अर्का नेता योगेश भट्टराईले पनि नेपाल र रावलमाथिको कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र भएको बताएका छन् । उनले लेखेका छन्, कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ ।’
ओलीले वरिष्ठ नेता नेपाल र रावलमाथि सोमबार कारबाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका थिए ।