माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । नेपाल पक्षले काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुसँगको छलफलपछि संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीलाई बलियो बनाउन विधि र पद्दतिमा लैजानका लागि संसदीय दलको बैठकमा कुरा राख्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए । यसअघिको संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजेलाई संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा नेपाल पक्षका काठमाडौंमा उपलब्ध ६० जना केन्द्रीय सदस्य र सांसदहरु सहभागी भएका थिए ।