काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले विपक्षी दलले एकअर्कालाई देखाएर सरकारविरुद्ध पहल लिन ढिला गरे प्रतिगमनको गाडी अझै अघि बढ्दै जाने बताएका छन् ।
मंगलबार सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले यो वा उ बहानामा भाग्ने गल्ती नगर्न दलहरुलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘‘पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ ! सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो ! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं !’


प्रतिक्रिया