काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी पम्फा भुसालले जानकारी दिएकी छन् ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन । काँग्रेस र जसपाले माओवादीलाई समर्थन फिर्ता नगरेकाले राजनीतिक निकासको ढोका नखुलेको बताउँदै आएका छन् ।

प्रतिक्रिया