काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र पठाइएको जानकारी दिए ।
शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपालसहित डा. भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

प्रतिक्रिया