माधव नेपाल पक्षका ३८ सांसदले ओलीलाई बुझाए असहमतिपत्र (पत्रसहित)


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ । झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएको हो । असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए ।

पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ । यस्तै बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा समेटिएको छ ।