कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा प्रस्तुत हुने विषयमा निर्णय गर्न शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवनमा संसदीय दलको बैठक बोलाएको छ ।

सर्वोच्चले संसद पुनःस्थापना गरेपछि फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने कांग्रेसले तयारी गरेको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले सहकार्यका लागि प्रस्ताव गरेकोमा कांग्रेसले उनीहरुलाई आधिकारिकतापछि निर्णय लिने बताएको छ ।