काठमाडौं । नेकपाको केपी ओली समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने र सम्मान गर्ने हिसाबले अगाडि बढ्ने जानकारी दिए । त्यस्तै उनले सर्वोच्चले तोकेकै अवधिभित्र संसद् अधिवेशन आह्वान हुने जानकारी पनि दिए । उनले भने, ‘संसद्को अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ । त्यस पछाडिको राजनीतिक परिदृष्य कस्तो हुन्छ भन्नेमा सम्बन्धित सबैसँग छलफलमा छौं ।’ त्यस्तै स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।
प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया