काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी शनिबार स्वदेश फर्किएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर शनिबार स्वदेश फर्किएका हुन् । खनाल धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया