काठमाडौँ । तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्या र जेलभित्र हत्या अपराधमा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा कैद मिनाहा गरिएको भन्दै तरुण दलले आपत्ति जनाएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गरी सरकारले देशमा हत्या, हिंसालाई ढाकछोप गर्ने र अवान्छित क्रियायाकलापलाई प्रोत्साहित गर्ने निर्णय गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा २०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या दवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएको प्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ।’


प्रतिक्रिया