काठमाडौं । वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको बताएकी छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता संविधान विरामी परेर कोमामा नगएको बताएकी हुन् । उनले भनिन्, ‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौ ।’
प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए ।
पुस ५ गते प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस र राष्ट्रपति कार्यालयबाट विघटनको घोषणा भएको विज्ञप्तिले विभिन्न प्रश्न उठाएको पाठकले बताइन् । सबै निकाय संविधानबमोजिम चल्नुपर्ने पाठकले बताइन् । उनले भनिन्, ’संविधानभन्दा माथि कोही पनि छैन ।’
संसद विघटनविरुद्धको मुद्धामा एमीकस क्यूरीका तर्फबाट यसअघि वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर काकी, सतिकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । मैनाली बाहके सबै वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्रीको कदमको विरोध गर्दै संसद पुनःस्थापनका लागि संवैधानिक इजलासलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया