चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरु केही समयभित्रै संयुक्त आन्दोलनमा जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताएका हुन् ।
संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए । उनले भने, ‘आन्दोलन भइराखेको छ । यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’
उनले चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुने उनले बताए । संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ, गुटमा भएकाले बोल्न केही समस्या भएको हो,’ प्रचण्डले भने, ‘नेपालमा सकारात्मक ढंगले सोच्ने संविधानको रक्षाका पक्षमा रहेका राम्रो दिमाग भएका व्यक्तिहरु प्रधानमन्त्रीको संसद विघटनको विरोधमा छन् ।’
उनले अवैधानिक चुनाव नगर्न उनले आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा पुनःथापना हुनेमा आफू विश्वास रहेको बताए ।

प्रतिक्रिया