तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह


काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलन घोषणा गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ । यसअघि दुई चरणमा प्रचण्ड-नेपाल समूहले आन्दोलन गरिसकेको छ ।