थप ५७ जनामा कोरोना संक्रमण,१३३ जना संक्रमणमुक्त


नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । या संगै संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । यस्तै, शनिबार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोेनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ ।

शनिबार कोरोना संक्रमणका कारण कसंको मृत्यु भएको छैन । देशभर कोरोनाका कारण अहिलेसम्म २ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये हाल १ हजार ६ सय ३१ जना संक्रिय संक्रमित रहेका छन् भने ८१ जना क्वारेन्टीनमा रहेका छन् ।