खनाल उपचारका लागि एपोलो अस्पताल भर्ना


काठमार्डौ । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको एपोलो अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार भारत गएका खनाल शुक्रबारै अस्पताल भर्ना भएका हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाल स्वास्थ्य परीक्षण गराएर चारदिनपछि स्वदेश फर्किने छन् । उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएका हुन् । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी भारत गएका हुन् ।