‘अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् । थापाले समामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्री पक्राउको विरोध गरेका हुन् । उनले कर्तव्य निर्वाह गर्न छाडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’