काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले प्रधानमन्त्री केपी ओलीको आलोचना गर्न एक शव्द पनि खर्च नगरिने बताएका छन् ।
प्रतिनिधिसभा विघटनकाविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पन्तले यसअघि हामीले आलोचना गर्दा प्रधानमन्त्री नारायणहिटीको दक्षिण गेटमा गएर रोएका र फेरि आलोचना गर्दा पश्चिम गेटमा गएर रुने भएकाले आलोचना नगरिने बताएका हुन् । ।
उनले प्रधानमन्त्रीले शासन सत्तामा टिकाइराख्न पशुपतिनाथको साहारा लिएको भन्दै पशुपतिनाथले निरंकुताको कदम चाल्ने ओलीको संरक्षण गर्न नसक्ने बताए ।
उनले पशुपतिनाथले संरक्षण गर्ने भए राजा वीरेन्द्रको वंश नाश नहुने र राजा ज्ञानेन्द्र नागार्जुनमा गएर बस्ने स्थिति नआउने बताए । उनले भने, ओलीजीको पशुपतिनाथ दर्शन गर्दा मलाई राजा वीरेन्द्र र ज्ञानेन्द्रको सम्झना आयो । उनीहरुले सम्बोधनको अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे । खै त उनीहरुको पशुपतिनाथले कल्याण गरेका ?’ओलीजीको हालत पनि यस्तै हुनेछ ।’ उनले आफ्नो पार्टीका नेतृत्वलाई ओली प्रवृत्ति दोहोरिन नदिन प्रतिवद्धता जनाउन आग्रह गरे ।

प्रतिक्रिया