काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । त्यसका लागि उपयकाका पाँच स्थानबाट र्याली निकालिएको छ । र्यालीपछिको विरोधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।
विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा नेताहरु अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघु पन्तले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
विरोध सभाको हितबहादुर तामाङका अध्यक्षता, जीवनराम श्रेष्ठ स्वागत मन्तव्य र लीलामणि पोखरेलको सञ्चालनमा हुने उनले बताए । यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले पनि शक्ति प्रदर्शन गर्न लागेको हो। ।

प्रतिक्रिया