ला लिगामा रियलको जित,४६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा


रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा पुगेको छ । २२ औ चरणको खेलमा गएराती गेटाफेलाई २–० ले हराउदै रियलले बार्सालाई पछि पारेको हो ।

घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जीमा र फेर्लाण्ड मेन्दीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बेन्जीमाले ६० औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।

६६ औ मिनेटमा डिफेण्डर मेन्दीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । अधिकांश समय गेटाफेलाई दबावमा राखेको रियलले पाएका आधा दर्जन थप अवसर खेर फालेको थियो । जितसंगै रियलको २२ खेलबाट ४६ अंक भएको छ । उ शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ४ अंकले पछि छ । यद्यपी एट्लेटिकोले रियल भन्दा २ खेल कम खेलेको छ ।