इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो।
घरेलु मैदानमा लीड्सको जितमा ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै ह्यारिसनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको लीड्सका लागि खेलको ५२ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै जित निश्चित गरे । जितसँगै लिड्स २२ खेलबाट ३२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस २९ अंकसहित १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया