काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।
‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् ।
ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको प्रतिबद्धता समेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनले आरोप लगाए ।
उनले आफूहरुको संविधान प्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । उनले संविधानलाई जोगाउँदै, हुर्काउँदै आफूहरुले अगाडि बढाउने बताए । अध्यक्ष नेपालले आफूहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफूहरुको बाटो सही रहेको बताए ।

प्रतिक्रिया