स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।गएराति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।
हुयस्काको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।
खेलको ४८औँ मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको खेलमा भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्यो । ५५औँ मिनेटमा भरानले गोल गर्दै रियललाई १(१ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४३ अंक पुगेको छ । दुई खेल कम खेलेको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक रहेको छ । पराजित हुएस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया