एसी मिलानलाई पछि पार्दै इन्टर सिरि ए फुटबलको शीर्ष स्थानमा


इन्टर मिलान ईटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । पछिल्लो खेलमा फियोरेन्टिनालाई २–० ले हराउदै ईन्टरले एसी मिलानलाई १ अंकले पछि पारेको हो ।

फियोरेन्टिनाको मैदानमा ईन्टरलाई जिताउन निकोलो बरेल्ला र ईभान पेरिसिकले गोल गरे । ३१ औ मिनेटमा बरेल्लाको गोलमा अग्रता बनाएको इन्टरका लागि ५२ औ मिनेटमा पेरिसिकले अर्को गोल थपेका थिए ।

समान बल पोजिशनको खेलमा घरेलु टोलीले केही राम्रा अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन् । २१ खेलबाट ४७ अंक जोडेको इन्टरले एक खेल कम खेलेको एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यो हारसंगै फियोरेन्टिना २२ अंकमा तालिकाको १२ औ स्थानमा झरेको छ । सिरि ए फुटबलमा आज बिभिन्न ४ खेल हुनेछन् । आज एटलान्टा र टोरिनो, सासुउलो र स्पेजिया, युभेन्टस र रोमा तथा नापोली र जिनोआ प्रतिस्पर्धा गर्नेछन् ।