काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया