काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले नेपालको संविधानबमोजिम बुधबारदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका हुन् ।
उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए । त्यतिबेला जोशी अख्तियारमा आयुक्त थिए । बुधबार बिहान नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तमा सिफारिस भएका जयबहादुर चन्द र कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

प्रतिक्रिया