काठमाडौँ । पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी गर्न नेकपाको प्रचण्ड–नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु आयोग पुगेका हुन् ।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड–नेपाल समूहको माग छ । सो समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया