काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी, होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला र शिवराम गेलाल रहेका छन् ।
यस्तै, भोजराज खतिवडा, शिवराज चौलागाईं, गणेश अर्याल, राजेन्द्र देव पाण्डे, टेकबहादुर केसी, सुनील खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगवान् अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम कमलराज ढकाल, तुलसीनाथ गौतमलाई पनि बढुवाका लागि सिफारिस गरिएको छ ।
लोकसेवा आयोगको बढुवा सूचना, सेवा र श्रेणीको रिक्त पदमा कार्यक्षमताको मूल्यांकन अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया