कांग्रेस भातृ संगठनहरुद्वारा संसद विघटनको विरोधमा देशभर प्रदर्शन


काठमाडौं । नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले सोमबार प्रतिनिधिसधभा विघटनविरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन भइरहेको कांग्रेसले जनाएको छ ।

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको जनाइएको छ।

काठमाडौंको भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रदर्शन शुरु भएको थियो । प्रदर्शनमा सहभागी कांग्रेस नेता कार्यकर्ताले संसद विघटनको विरोध गर्दै संसद पुनःस्थापनाको माग गरेका थिए ।