बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रोे स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा एथ्लेटिको बिल्वाओलाई २–१ गोल अन्तरले हराउदै बार्सिलोनाले समान अंक भएको रियल मड्रिडलाई पछि पारेको हो ।
नाउ क्याम्पमा बार्सालाई जिताउन लियोनल मेस्सी र एन्टोनियो ग्रीजमनले गोल गरे । २० औ मिनेटमा मेस्सीको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो । बार्साको जर्सीमा मेस्सीको यो किर्तिमानी ६ सय ५० औ गोल पनि हो । ४९ औ मिनेटमा जोर्डी अल्वाले आफ्नै पोष्टमा गोल गरेपछि बिल्वाओ बराबरीको अवस्थामा पुग्यो ।
प्रतिस्पर्धात्मक खेलको ७४ औ मिनेटमा ग्रीजमनले गोल गर्दै टोलीलाई संर्घषपुर्ण जित दिलाए । २० खेलबाट ४० अंक जोडेको बार्साले समान अंक भएको रियल मड्रिडलाई गोल अन्तरमा पछि पार्दै तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
गएराती नै शीर्ष स्थानको एट्लेटिको मड्रिडले काडिजलाई ४–२ गोल अन्तरले हरायो । यो जितसंगै उसको उपाधि यात्रा थप बलियो बनेको छ ।
लुईस स्वारेजको २ गोल मद्दतमा एट्लेटिकोले महत्वपुर्ण जित निकालेको हो । १९ खेलबाट ५० अंक जोडेको एट्लेटिको बार्सा र रियल मड्रिडभन्दा १० अंकले अघि छ । अझ उसले यी दुई टोली भन्दा एक खेल कम समेत खेलेको छ ।
अन्य २ खेल भने गोलरहित बराबरीमा सकिएका छन् । गेटाफे र डिर्पोर्टिभो अलाभेष तथा ग्रानाडा र सेल्टा डि भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिक्रिया