कोरोनाभाइरसका कारण वेलायतमा एक लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। गत वर्ष यतिबेला कोरोनाभाइरस वेलायतका लागि धेरै परको विदेशी त्रासझैँ लाग्थ्यो । तर संसारको धनीमध्येको एक यो देशमा कोभिड ११९ का कारण कसरी यति धेरै मानिसको मृत्यु भयो त ? त्यसको सहज उत्तर कसैसँग छैन। महामारी सकिएपछि सायद यसको लामो र विस्तृत सार्वजनिक जाँचबुझ पनि होला । तर त्यसको सङ्केत दिने थुप्रै केही कुराहरू छन् जसलाई एक ठाउँमा राखेर हेर्दा किन यस्तो भयो भन्ने एउटा चित्र देखा पर्छ ।
कसैले सरकारतिर औँला तेर्साउँदै कैयौँ पश्चिम युरोपेली देशले भन्दा ढिलो लकडाउन गरेको, जाँच र सम्भावित सङ्क्रमितको सञ्जाल पत्ता लगाउने काम स्पष्टसँग गर्न नसकेको र स्याहारगृहमा बस्नेहरूलाई संरक्षण गर्न नसकिएको बताउँछन् । अन्यले भने ब्रिटिश समाजमा भित्रैसम्म गढेका समस्याहरू देखाउँछन्। जस्तो, सार्वजनिक स्वास्थ्यसम्बन्धी गम्भीर अवस्था, मोटोपनाको उच्च दर आदि ।
कतिपयले त्यसलाई वेलायतका केही ठूला क्षमताहरूसँग जोडेर समेत हेर्ने गरेका छन् । तिनले अन्तर्राष्ट्रिय हवाई उडानका क्षेत्रमा वेलायतको स्थान एउटा जीवन्त केन्द्रको रूपमा रहनु, जातीय रूपमा विविधतापूर्ण र ठूलो जनघनत्व भएका स्थानमा भाइरस फैलिँदा त्यो सहजै धेरै मानिसमा सरेको हुनसक्ने ठान्छन्। वेलायतको जस्तै टापु मुलुक भएका अस्ट्रेलिया, न्यूजील्याल्ड र ताइवानले तत्कालै आफ्ना सीमामा प्रतिबन्ध लगाउनुका साथै आन्तरिक लकडाउन गरेर भाइरसलाई फैलनबाट रोके । त्यसले उनीहरूमा मृत्युको सङ्ख्या कम हुन सक्यो।
तर वेलायतमा त्यसो भएन।देशका सबै आगन्तुकलाई जुन महिनापछि मात्र क्वारन्टीनमा बस्ने नियम ल्याइएको थियो तर तत्कालै केही देशका यात्रुमा त्यो खुकुलो पारियो । मन्त्रीहरू र तिनका सल्लाहकारहरूमाथि प्रारम्भिक दिनमै हर्ड इम्यूनिटी अर्थात् सामूहिक प्रतिरोध क्षमताको चर्चा गर्न जोड दिइएको आरोप लाग्ने गरेको छ ।
मार्च महिनाको अन्त्यतिर मात्र पूर्ण लकडाउन लगाइयो । तर त्यसो गर्नमा महत्वपूर्ण एक साताको ढिलाइ हुँदा त्यसको मूल्य २० हजार जनाभन्दा धेरै मानिसको जीवनमा परेको सरकारका मोडलर प्राध्यापक निल फगसन बताउँछन्। किनभने त्यस बिन्दुमा सङ्क्रमण दर निकै तीव्र गतिमा बढेको थियो ।
तर वेलायतका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस विटीले मार्च महिनाको सुरुमै भाइरसबारे ’निकै सीमित सूचना’ हुँदा निर्णयहरू गर्न कठिन भएको बताएका थिए । त्यस बेलासम्म स्याहार केन्द्रहरूमा भाइरस नराम्ररी फैलिसकेको थियो ।
पहिलो लहरका झन्डै ३० प्रतिशत मृत्यु स्याहारगृहहरूमै भयो । त्यहाँ बस्नेहरूको अस्पतालमा भएको मृत्यु जोड्ने हो भने त त्यो ४० प्रतिशतसम्म पुग्छ । मे महिनादेखि भने प्रतिबन्धहरू खुकुलो हुन थालेका थिए । एउटा अर्को कारण यस्तो खालको महामारीका लागि वेलायतका केही एशियाली देशहरू भए जसरी तयार रहेको देखिएन ।
दक्षिण कोरिया र ताइवानजस्ता देशले परीक्षण गर्न र सम्भावित सङ्क्रमित खोज्नका लागि एउटा प्रणाली विकास गरेका थिए र त्यो तत्कालै कार्यान्वयन गर्न सके । अगस्ट महिनाको अन्त्यतिर दैनिक झन्डै एक हजार मानिसमा सङ्क्रमण पुष्टि हुन थालेको थियो । सेप्टेम्बरको मध्यसम्ममा त्यो पाँच गुणाले बढ्यो भने मध्यअक्टोबरमा दैनिक १५ हजार नाघ्यो ।
त्यसयता औसतमा दैनिक १० हजारभन्दा कम सङ्क्रमित हुने दिन आएकै छैन । नोभेम्बरमा इङ्ग्ल्यान्डमा चार साताको लागि लकडाउन लगाइयो। तर त्यो हटेपछि पनि दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको क्रम उकालो लागिरह्यो । के भएको हो भन्ने केही सातामै स्पष्ट भयो । रूपमा उत्परिवर्तन अर्थात् म्यूटेशन भएर तीव्र गतिमा फैलिने नयाँ प्रकारको भाइरस बनेको थियो ।
मध्य डिसेम्बरतिर लकडाउन हुन सक्ने हल्ला फेरि चलेको थियो। तर क्रिसमसका लागि प्रतिबन्धहरू केही खुकुलो पार्ने घोषणा भइसकेको थियो । वेलायतका सबै राज्यमा मन्त्रीहरूले थप समय प्रतीक्षा गरे ।
सन् २०२१ को सुरुतिर अस्पतालमा भर्ना हुने दर निकै बढेपछि वेलायतका चार प्रमुख स्वास्थ्य अधिकारीहरूले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस ’जोखिममा पर्ने’ बताए र त्यसको केही घण्टामै वेलायतमा पुनः लकडाउन लगाइयो । भौगोलिक रूपमा वेलायतको अवस्थिति र विश्वको एउटा केन्द्रको रूपमा खासगरी लन्डन रहनुसँग समेत यस्तो अवस्था आउनुको कारण जोडिएको छ ।
आनुवंशिक समीक्षाका अनुसार वेलायतमा कम्तीमा १३ सय वटा भिन्नभिन्न अवसरमा यो भाइरस छिरेको छ । मार्चभित्र खासगरी फ्रान्स, स्पेन र इटलीबाट त्यस्तो सङ्क्रमण भित्रिएको पाइएको थियो । जनघनत्वका हिसाबले वेलायत १० शीर्ष देशमध्ये पर्छ । वेलायत उच्च मोटोपन दर भएको देशमध्ये पर्छ र एउटा अध्ययनले गम्भीर मोटोपना भएकामा यसका कारण मृत्यु हुनेदर झन्डै दोबर भएको देखाउँछ । कोभिड १९ बाट ज्यान गुमाउनेमध्ये पाँच भागको एक भाग मानिसहरूमा मधुमेहको समस्या देखिएको छ। । यो पनि वेलायतको एउटा ठूलो स्वास्थ्य समस्या हो।
गत वसन्तयाममा वेलायत सबैभन्दा उच्च प्रभावित देशमध्ये पथ्र्यो । तर महामारीले आफ्नो स्वभाव बदलेका कारण दोस्रो लहर यताको अवस्थालाई मूल्याङ्कन गर्ने काम सहज छैन । मध्यमखाले पहिलो र दोस्रो लहरमा अस्ट्रेलियाजस्ता देशले सफल अभ्यास गरेको पाइन्छ।
तर गत वसन्तयाममा वेलायतभन्दा राम्रो अवस्थामा रहेका देशसँग तुलना गर्दा भने अवस्था अर्कै छ । जसरी वेलायतले गर्यो त्यसरी गर्मीयामसम्म अमेरिकाले मृत्युदर घटाउन सकेको थिएन। तर अहिले उसको मृत्युदर नियन्त्रणमा आउँदै गरेको देखिन्छ । पहिलो लहरमा निकै कम मृत्यु पाइएका जर्मनी र पोल्यान्डजस्ता देशमा यतिखेर त्यो बढेर सामान्यभन्दा उकालो लाग्न थालेका छन् ।
बीबीसीबाट

प्रतिक्रिया