सहिद दिवस फोटोमा हेर्नुस्


काठमाडौँ । सहिद दिवसका अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट प्रभातफेरी गरिएको हो ।

सहिदको सम्मानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि मार्चपास गरेका छन् । शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरिएको हो । त्यसलगत्तै सोही स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित भई सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रजातन्त्र प्राप्तिका लागि लडेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिएको दिनको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाइने गरेको छ ।