प्रचण्डप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकारको कटाक्षः ‘भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजाबारे कटाक्ष गरेका छन् ।

बिहीवार बिहान सामाजिक सञ्जाल फेसबुकमा थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको फोटो र प्रचण्डले भैंसी पूजा गरेको फोटो सार्वजनिक गर्दै दुई पूजाको तुलना गरेका हुन् । थापाले भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने बताएका छन् ।
यस्तो छ थापाको फेसबुक स्टाटस

पहिलाे तस्बिर –
प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माणकार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे ।
सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे ।
पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ ।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ ।
दाेस्राे तस्बिर –
पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिंदैन ।
बुझ्ने आआफ्नै स्तर हुन्छ ।
फरकचाहिं यत्ति हाे !