काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपाको ओली समूहका नेता इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा नेकपा ओली समूहले गरेको कार्यक्रममा पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका हुन् ।
उनले सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने दाबी गरे । स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताए ।

प्रतिक्रिया