राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।

नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको हो ।