काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकालले पृथ्वीजयन्ती मनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरुले पुस २७ गतेलाई राष्ट्रिय पर्वका रुपमा मनाउने वातावरण बनाउन आग्रह गरेका हुन् । उनीहरुले सरकारलाइकांग्रेसको तर्फबाट काटिएको उक्त बिदालाई पुनस्र्थापित गर्न पहल गर्नुपर्ने र त्यसैमा कांग्रेसको हित रहेको उल्लेख गरेका छन् । सभापति देउवालाई बुझाएको पत्रमा भनिएको छ , ‘राजनीतिक यथार्थलाई मनन् गर्दै नेपाली कांग्रेस, २७ पौषको यस राष्ट्रिय महत्वको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा उभिदै त्यसै वमोजिम निर्णय गर्न सरकार समक्ष नेपाली काँग्रेसले जोडदार माग गरोस् भनेर यो निवेदन पेश गरेका छौं।’


प्रतिक्रिया