काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ । विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा करिब एकसातादेखि निरन्तर रुपमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएको छ ।
उसले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी काम गरेको आरोप लगाएको छ । अहिलेको सरकार अधिनायकवाद तर्फ गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले राष्ट्रपति संविधानको रक्षक कि भक्षक ?, पार्टीको आन्तिरक विवादले देश डुबाउन पाइँदैन, नागरिकको साथ छ, सर्वोच्च अब तिम्रो आश छ, विदेशी हस्तक्षेप ननिम्त्याउ, पञ्चायत रिटन्र्स, यो पञ्चायत होइन केपी ओली, तिमी श्री ५ होइनौँ, अधिनायकवादको चौतर्फी प्रतिवाद गरौँ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया