आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमाः भट्टराई


नेपालगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।

प्रेस सङ्गठन नेपालले सोमबार नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको बताए । निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क गर्दै भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।